पोखरामा १, ३३, ७५३ मत गणना : धनराज र मञ्जु जित नजिक


     एभरेस्ट आवाज    
     जेठ १० गते २०७९ मा प्रकाशित




पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य जित नजिक पुगेका छन् । सोमबार मध्यराती सम्म १ लाख ३३ हजार ७ सय ५३ मत गणनामा प्रतिष्पर्धी एमाले उम्मेदवार कृष्ण थापालाई ४ हजार ७ सय ३६ मतान्तरले पछि पार्दै उनी जित नजिक पुगेका हुन् । कुल १ लाख ४३ हजार २ सय २६ मत खसेकोमा अब ९ हजार ७४ सय ७३ मत गणना गर्न बाँकी छ । आचार्य हालसम्म ४५४ हजार ३ सय ३७ मत प्राप्त गरिसकेका छन् । उनलाई एमाले उम्मेदवार थापाले ४९ हजार ६ सय १ मत ल्याएर पछ्र्याइरहेका छन् । अब वडा नम्बर १८, २२, ३२ र ३३ को अन्तिम नतिजा आउन बाँकी छ । यी वडाहरुको प्रारम्भिक नतिजा अनुसार वडा नम्बर ३२ र ३३ मा आचार्यलाई केहि मत बढी आइरहेको छ । बाँकी वडा नम्बर २२ मा भने थापालाई झिनो मत बढी छ । वडा नम्बर १७, १९ र २१ बाट थापालाई धेरै नै मत आउने अपेक्षा एमालेलाई थयो तर गणना गर्दा ती वडाहरुमा थापालाई ह्वात्तै मत आएन । उसो त एमालेको गढका रुपमा परिचित वडा नम्बर ५ र २६ मा पनि थापालाई उत्साहजनक मत आएन । त्यसैले गणना भइरहेका वडाहरुको बाँकी मत गणनामापनि थापालाई ह्वात्तै मत आउने सम्भावना कमै छ ।. मेयर पदमा राप्रपाका शंकर खरालले ५ हजार ५ सय १४ र स्वतन्त्रका अटेरी उम्मेदवार गनेस पौडेलले २ हजार ९ सय ४३ मत प्राप्त गरेका छन् ।. उपमेयरमा नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले अग्रता बढाउँदै जिततर्फ उन्मुख भएकी छन् । उनलेपनि कांग्रेस उम्मेदवार कोपिला रानाभाटसँगको मतान्तर बढाउँदै लगेकी छन् । गुरुङले ५६ हजार ७ सय ४१ मत प्राप्त गरेर अग्रता जारी राखेकी छन् । उनलाई कांग्रेसकी रानाभाटले ५२ हजार ६ सय ७० मत ल्याएर पछ्याईरहेकी छन् । गुरुङ रानाभाट भन्दा ४ हजार ७१ मतले अघि छिन् । उपमेयर पदमा राप्रपाकी रञ्जना सेनले ५ हजार ५ सय २५ मत प्राप्त गरेकी छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।