पोखरा, जेठ १०
पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य विजयी भएका छन् । त्यस्तै, उपमेयरमा नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ विजय नजिक पुगेकी छन् । मेयरमा धनराज करीब ५ हजार मत गणना गर्न बाँकी छँदै विजयी भएका हुन् भने उपमेयर गुरुङ विजय नजिक पुगेकी हुन् ।
गत बैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनमा पोखरा महानगरपालिकामा १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो । जसमा मंगलबार विहानसम्म १ लाख ३८ हजार २ सय ११ मत गणना भइसकेको छ । अब मात्र ५ हजार १५ मत गणना गर्न बाँकी छ । तर मेयरमा धनराज ५ हजार २ सय ८६मतान्तरसहित अगाडि छन् भने उपमेयरमा गुरुङ ४ हजार ३५ मतान्तरले अगाडि छिन् । पोखरा महानगरपालिका वडा नम्बर २२, ३२ र ३३ को आंशिक मत गणना गर्न बाँकी रहेको हो ।
अहिलेसम्म नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले ५६ हजार ४ सय ७१ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिष्पर्धी नेकपा एमालेका कृष्ण थापाले ५१ हजार १ सय ८५ मत प्राप्त गरेका छन् । उपमेयर पदमा राप्रपाका शंकर खरालले ५ हजार ५ सय ७९ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवारी दिएका अटेरी उम्मेदवार गनेस पौडेलले २ हजार ९ सय ८६ मत प्राप्त गरेका छन् ।
उपमेयर पदमा एमालेकी मञ्जुदेवी गुरुङपनि ५८ हजार ५ सय ८२ मत ल्याएर बिजय नजिक पुगेकी छन् । उनले नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई ४ हजार ३५ मतान्तरले पछि पार्दै बिजय नजिक पुगेकी हुन् । गुरुङले ५ड हजार ५ सय ८२ मत प्राप्त गर्दा ५४ हजार ५ सय ४७ मत प्राप्त गरेकी छन् । उपमेयर पदमा राप्रपाकी रञ्जना सेन (रञ्जु)ले ५ हजार ५ सय ८१ मत प्राप्त गरेकी छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १० भदौ २०८३।रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा…





