खाद्यान्न बालीको बीमा


     एभरेस्ट आवाज    
     जेठ १० गते २०७९ मा प्रकाशित




कालीकोटको शुभकालिका गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद आचार्यले पदभारपछि खाद्यान्न बालीको बीमा गर्ने निर्णय गर्नुभएको छ । सोमबार गाउँपालिका अध्यक्षको पदभार ग्रहण गर्दै अध्यक्ष आचार्यले सो निर्णय गरेका हुन् ।

आचार्यले गाउँपालिकावासीलाई खाद्यान्न उपलब्ध गराउनु आफ्नो पहिलो कार्य भएको बताएका छन् । “कसैले खाना पाउने अधिकारबाट वञ्चित नहुन भनेर मैले खाद्यान्नबालीको बीमा गरेर भोकमरी हटाउने लक्ष्य राखेको छु”, उनले भने,“प्राकृतिक विपत्तिका कारणले खाद्यान्न बालीमा असर गर्ने भएकाले भोकमरी हुन्छ । त्यसलाई हटाउनका लागि खाद्यान्न बालीको बीमा गरिएको हो ।”

गाउँपालिकामा पाकेको अन्नबाली बाढीपहिरो तथा असिना पानीले सखाप पार्ने भएकाले नागरिकमा भोकमरी त्रास हुने गरेकोले बाली बीमा अनिवार्य रुपमा गरिने अध्यक्ष आचार्यले बताए ।

“मानिसको जीवनमा सबैभन्दा बढी आवश्यकता भनेको गाँस, बास र कपास हो”, उहाँले भन्नुभयो,“नागरिकका आवश्यकता पूरा गर्नका लागि यो काम गर्न लागेको हुँ ।” यस पटक नागरिकले लगाएको गहुँबाली असिनाले नष्ट गरेकाले खाद्यान्न वितरण गर्ने योजना रहेको अध्यक्ष आचार्यले बताए ।
रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।