उपचारका लागि आर्थिक अभाव भएका कारण डोटीको आदर्श गाउँपालिका–६ गिरीचौकका १४ वर्षीय पुरन अधिकारी घरैमा थन्किएर बस्न बाध्य भएका छन् । पढ्ने इच्छा भएका अधिकारी दुबै आँखा नदेख्ने भएका कारण पढ्नसमेत सकिरहेका छैनन् । आफूसँग आर्थिक अभावका कारण पुरनले आँखा नदेख्नेहरुका लागि पढाइ हुने विद्यालयमा पढ्नसमेत जान सकेका छैनन् ।
बालबालिकाको आँखाको साधारण जाँच देशका सबैजसो अस्पतालमा हुने भए पनि शल्यक्रिया र जटिल खालका रोगका लागि अझै काठमाडौँका ठूला अस्पतालमा नै जानुपर्ने बाध्यता कायम रहेकाले आफूहरुले पुरनलाई अस्पताल पु¥याउन नसकेको उहाँका बुबा जैराम अधिकारीले बताए ।
उनले भने,“यताका अस्पतालमा शल्यक्र्रिया हुँदैन, जिल्ला बाहिर लैजाउ पैसा छैन, कसरी छोरालाई आँखा देख्ने बनाउ यही समस्याले पिरोलिरहन्छ ।” बालबालिकामा आँखासम्बन्धी समस्या देखा पर्नासाथ उपचार गरे धेरै खालका जोखिम कम गर्न सकिने शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका निर्देशक तथा स्वास्थ्यकर्मी आइजङ कुँवरले बताए।
उनको अहिलेको दैनिकी भनेको रेडियो सुनेर गीत गाउने र घरैमा बस्ने भएको छ ।
उनसँगैको कान्छो भाइसमेत आँखा नदेख्ने भएपछि परिवारमा झन पीडा थपिएको छ । आँखा नदेख्ने दुबै छोरालाई खाना खुवाउन, सरसफाइ गर्न लगायतका काममा आफूले समय बिताउनुपरेको आमा पशुली अधिकारीले दुःखेसो पोखे ।उनले भने ,“म बाचुञ्जेल त छोराहरुको हेरचार गरुला, म नभएपछि यिनीहरुको भविष्य के होला, जहिले चिन्ताले सताएको हुन्छ” रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज १४ नेपाली कांग्रेस ईतर पक्षका नेता प्रकाशशरण महतले नेतृत्व…







