टर्कीले सिरियामा नयाँ सैन्य कारबाही गर्ने


     एभरेस्ट आवाज    
     जेठ १० गते २०७९ मा प्रकाशित




टर्कीले सिरियामा नयाँ सैन्य कारबाही गर्न लागेको बताइएको छ । टर्कीका राष्ट्रपति रेसेप तायिप टर्कीले यस विषयमा तयारी गरिरहेको बताउनुभएको हो । उनले भने अनुसार टर्कीले सिरियाको उत्तरी क्षेत्रमा नयाँ सैन्य कारबाहीका लागि तयारी गरेको छ ।
सोमबारको मन्त्रिपरिषदको बैठकपछि टर्कीका राष्ट्रपति एर्दोगानले भनेका छन् – हामीले धेरै तयारी गरिरहेका छौँ र उत्तरी सिरियाको बारेमा आवश्यक गुप्तचर एवं सबै प्रकारको तयारी गरिसकेका छौँ, हामीले सो क्षेत्रमा चाँडै नै कारबाहीको तयारी गर्नेछौँ ।

टर्कीको उत्तरी क्षेत्रमा जहाँ टर्कीको सेनाको नियन्त्रण रहेको छैन सो क्षेत्रमा सैन्य कारबाही सुरु गरिने पनि उनले सोमबार पत्रकार सम्मेलनमा जानकारी दिनुभएको थियो ।

सो क्षेत्रमा लामो समयदेखि आतंककारी क्रियाकलापहरु भएका र सो क्षेत्रमा टर्कीको सेनाको नियन्त्रण गुमेकाले सोही क्षेत्रमा हामीले कारबाही गर्ने योजना बनाएको हो– राष्ट्रपति एर्दोगानले भने । सिरियामा विगत लामो समयदेखि हिंसात्मक विद्रोही जारी रहेको छ । सिरियामा टर्कीको सेनाको पनि सहभागिता रहेको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।