स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा २ जना महिला मात्रै वडाध्यक्षमा निर्वाचित भएका छन्।
विभिन्न पालिकाका उम्मेदवारी दिएका ६ महिलामध्ये २ जनाले मात्रै विजय हासिल गरेको हो भने ४ जना भने पराजित भएका छन्।
भानु–१ को वडाध्यक्षमा काँग्रेसबाट कान्छीमाया तामाङ निर्वाचित भएकी हुन्। उनले ६७२ मत प्राप्त गरी विजयी बनेका छन्। आँबुखैरेनी–४ मा काँग्रेसको तर्फबाट मिलन भुजेल ४३३ मत प्राप्त गरी विजयी भएकी छन्।
बन्दीपुर–४ मा सीता थापा र बन्दीपुर–५ मा रीता तिवारी काँग्रेसबाट वडाध्यक्षको उम्मेदवार बनेपनि विजयी बन्न सकेनन्।
म्याग्दे–६ मा एमालेको तर्फबाट निर्मला वाग्ले वडाध्यक्षमा उम्मेदवार बनेपनि पराजित भइन्। शुक्लागण्डकी–८ को वडाध्यक्षमा काँग्रेसबाट चन्द्रकला भट्टराई उम्मेदवार बनेपनि जित हात पार्न सकिनन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







