फाइल तस्विर
काठमाण्डौं । कपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रकै अन्तर्घातका कारण स्थानीय तहको निर्वाचनमा पार्टीले सोचेअनुसार नतिजा ल्याउन नसकेको बताएका छन् ।
नेकपा (एमाले) सङ्घीय संसदीय दलको बानेश्वरस्थित ल्होत्से हलमा आज आयोजित बैठकमा उनले पार्टीले स्थानीय तहको निर्वाचनमा सोचेअनुरूप नतिजा ल्याउन नसक्नुका कारण पार्टीभित्रकै अन्तर्घातका कारण भएको बताए ।
अध्यक्ष ओलीले निर्वाचनमा पार्टीभित्रै अन्तर्घातबारेमा गम्भीर समीक्षा गर्न जरुरी भएको र प्रमुखले जितेको ठाउँमा पनि उपप्रमुखले हार्नुले पनि यो कुरा प्रष्ट भएको छ भने ।
एमाले प्रमुख सचेतक विशाल भट्टराईका अनुसार हालै सम्पन्न स्थानीय तहको निर्वाचन परिणामको संक्षिप्त चर्चा गरेर पार्टीका अध्यक्ष तथा संसदीय दलका नेतासमेत रहेका ओलीले सरकारले संसद्मा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रमको चिरफार गर्दै सशक्त, तर्कयुक्त र तथ्यपरक ढङ्गले प्रस्तुत हुन सांसदहरुलाई निर्देशन दिए ।
अध्यक्ष ओलीले निर्वाचन परिणाम सन्तोषजनक नभएको समीक्षा गर्दै आगामी निर्वाचनमा थप योजनासहित अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १० साउन ।नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा…





