कृष्ण सेन ‘इच्छुक’को २०औँ स्मृति दिवस पोखरामा मनाईयो


     एभरेस्ट आवाज    
     जेठ १३ गते २०७९ मा प्रकाशित




पोखरा । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति कास्कीद्वारा कृष्ण सेन ‘इच्छुक’को २०औँ स्मृति दिवसका अवसरमा पोखरामा आयोजित कार्यक्रममा उनको योगदानको स्मरण गरिएको छ ।

कार्यक्रममा वक्ताले लेखनका माध्यमबाट शोषण र उत्पीडनमा परेका वर्ग तथा समुदायका आवाजलाई ‘इच्छुक’ले आम जनमानसमा ल्याएकोमा जोड दिए । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष राजकाजी गुरुङले निर्भिकताका साथ लेखनका माध्यमबाट सामाजिक चेतनाको अभिवृद्धिमा इच्छुकले गर्नुभएको योगदान सधैँ स्मरणीय हुने बताए ।

प्रेस सेन्टर नेपालका सल्लाहकार एवं राष्ट्रिय समाचार समिति ९रासस० का पूर्वअध्यक्ष कोमलनाथ बरालले समाजको रुपान्तरणमा कलमका माध्यमबाट योगदान गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण इच्छुक रहेको धारणा राखे । पेसागत हितलाई पत्रकारले सधैँ आत्मसात् गर्नुपर्नेमा जोड दिँदै उहाँले पत्रकारितामा दलीय नभई जनताको पक्षधरता हुनुपर्ने आवश्यकता औँल्याए ।

पत्रकार एवं साहित्यकार सुरेश रानाभाटले निर्भिकताका साथ जनताको पक्षमा कलम चलाउने इच्छुकको लेखन वैचारिक स्पष्टतासँगै मिठासपूर्ण रहेको चर्चा गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदी, महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारी, प्रेस सेन्टर कास्की जिल्ला समन्वय समितिका अध्यक्ष कृष्ण दवाडी, सचिव पुष्प दाहाल, प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशका अध्यक्ष अर्जुन काफ्लेलगायतले निर्भिक लेखनका माध्यमबाट ‘इच्छुक’ले पु¥याएको योगदान सधैँ स्मरणीय रहने बताए ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।