गुगल फोटो
धनगढी । धनगढीमा जारी टी–२० क्लब क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिगमा’ महेन्द्रनगर क्रिकेट क्लब आज फाइनलमा प्रवेश गरेको छ । लिग चरणको अन्तिम खेलमा देउखुरी वारियर्स क्रिकेट क्लबलाई ७९ रनले पराजित गर्दै महेन्द्रनगर फाइनलमा प्रवेश गरेको हो ।
टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको उक्त क्लबले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १६३ रन बनाएको थियो । १६४ रनको विजयी लक्ष्य पछ्याएर मैदान उत्रिएको देउखुरीले १७ दशमलव ३ ओभरमा आफ्ना सबै विकेट गुमाएर ८४ रन मात्रै बनाउन सक्यो । खेलको ‘प्लेयर अफ दी म्याच’ सुशील खड्का घोषित भए ।
आजको जितसँगै लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको महेन्द्रनगरले अब उपाधिका लागि लिटल फ्लावरको सामना गर्नेछ । लिटल फ्लावर यसअघि नै फाइनल प्रवेश गरिसकेको छ । यही जेठ ५ गतेबाट सुरु भएको टी–२० क्लब क्रिकेट प्रतियोगिताको फाइनल खेल शनिबार दिउँसो २ बजे हुने आयोजक लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालि धनगढीका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए ।
उक्त खेलको विजेताले नगद रु दुई लाख, उपविजेताले रु एक लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद रु १५ हजार, उत्कृष्ट बलर, ब्याट्सम्यान तथा उदीयमान खेलाडीले रु सात हजार पाँच सय नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा देशका विभिन्न छ क्लब बुङगल क्रिकेट क्लब बझाङ, देउखुरी वारियर्स दाङ, धनगढी क्रिकेट एकेडेमी धनगढी, महेन्द्रनगर क्रिकेट एकेडेमी महेन्द्रनगर, लिटल फ्लावर क्रिकेट क्लब धनगढी र कैलाली जिल्ला क्रिकेट क्लबको सहभागिता रहेको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







