पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २ मा शुक्रबार पदभार ग्रहण गरेका वडाध्यक्ष दिवसमान प्रधानाङ्गले पोखरा वाग्लुङ वसपार्क स्तरोन्नती गर्ने निर्णय गरेका छन्।
उपत्यका नगर विकास समितिले भाडामा लिएको वसपार्कलाई नगरपालिकाको मातहतमा ल्याई नमुना वसपार्ककारुपमा विकास गर्ने निर्णय गरेको वडाध्यक्ष प्रधानाङ्गले वताए ।आधुनिक वसपार्क निर्माणका लागि सरोकारवाला निकायसंग छलफल भईसकेको छ,प्रदेश सरकार पनि वजेट दिन तयार छ, वडाध्यक्ष प्रधानाङ्गले भने,अब हामी नेपालको मुख्य मुख्य शहरमा वस छुटाउने र यात्रुलाई सुविधा दिने गरि काम शुरु गर्छाैं ।
शुक्रबार वसेको पहिलो वैठकले जेष्ठ नागरिक ,अपांगता भएका अशक्त व्यक्तिलाई निशुल्क स्वास्थ परिक्षण गर्ने,महिला ,वालवालिका तथा युवाहरूको क्षमता अभिबृद्दि कार्यक्रम संचालन गर्ने,वडाका नागरिकलाई गुणस्तरीय शिक्षा र स्वास्थको सहज पहुँच पुर्याउने लगायतका निर्णय गरेको वडाध्यक्ष प्रधानाङ्गले जानकारी दिए।
शुक्रबार वडा कार्यलयले आयोजना गरेको स्वागत तथा पदस्थापन कार्यक्रममा वोल्दै वडाअध्यक्ष प्रधानाङ्गले आफुले निर्वाचनका वेला जनतासंग गरेका प्रतिवद्दता व्यवाहारिकरुपमा कार्यन्वयन गर्दै जाने वताए ।सबै राजनितीक दलको साथ र सहयोग लिएर वडाको विकासका कार्यक्रमलाई अगाडि वढाउने वडाध्यक्ष प्रधानाङ्गको भनाइ थियो। घोषणा पत्रमा उल्लेख गरेका कुरालाई प्राथमिकताका आधारमा कार्यन्वयन गर्दै लगिने उनले वताए ।
उनले पोखरा २ लाई शिक्षा ,कला ,संस्कृति र धार्मिक पर्यटनको क्षेत्रका रुपमा विकास गरिने वताए ।
पोखरा –२ का निवर्तमान वडाध्यक्ष रामेश्वर मल्लले वडाको विकासका लागि सवैको साथ र सहकार्य आवश्यक रहने वताए ।
नेपाल उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रीय अध्यक्ष समाजसेवी आनन्दराज मुल्मीले वडाको गुणात्मक विकासका लागि वडाका कर्मचारी ,नागरिक र जनप्रतिनिधिको महत्त्वपूर्ण भुमिका रहने वताए ।
नवनिर्वाचित वडाध्यक्ष दिवसमान प्रधानाङ्गको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य शारदा पौडेल,नेपाली काँग्रेसका पोखरा नगर सभापति सुरेन्द्रमान विजुक्छे,काँग्रेस कास्की क्षेत्र नम्बर ३ का सभापति मनोज गुरुङ ,नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनी,समाजसेवी शुशिला पराजुली ,नेपाली काँग्रेस पोखरा २ का सभापति अरुण कायस्थ ,एमालेका अध्यक्ष दिपक शाह,नेकपा एसका खगेन्द्र पराजुली ,नेकपा माओवादी केन्द्रका रुपलाल सुनार,राप्रपाका अरुण विक्रम राणा ,शिक्षासेवी वसन्त पान्डे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







