पोखरा–१३ मा ‘स्कूल टु वर्क’

- कृषिमा आत्मनिर्भर हुने कार्यको थालनी गर्न र वातावरण स्वच्छ बनाउन ‘एक घर, एक कागतीका बिरुवा वितरण’ अभियान पनि संचालन गरिदैँछ


     एभरेस्ट आवाज    
     जेठ १४ गते २०७९ मा प्रकाशित




पोखरा महानगरपालिका वडा नं. १३ मा विद्यालयको शिक्षालाई सीप विकास र कामसँग जोडेर शैक्षिक गुणस्तरमा विकास गर्ने लक्ष लिएको छ।

शैक्षिक सीप विकास र कामसँगै शैक्षिक गुणस्तरमा विकासका लागि लक्ष्यसहितको ‘स्कूल टु वर्क’ कार्यक्रम संचालन गरिने भएको छ।

सो वडाका वडाध्यक्ष किरण बरालसहित नवनिर्वाचित जनप्रतिनिधिले बिहीबार पदभार ग्रहण गर्दै यस्तो निर्णय गरिएको हो।
सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई फिल्डमै लगेर सम्बन्धित विषयवस्तुबारे जानकारी दिनकै लागि ‘स्कूल टु वर्क’ कार्यक्रम सुरु गर्ने निर्णय गरेको हो।

यसैगरी वडाभित्र कृषिमा आत्मनिर्भर हुने कार्यको थालनी गर्न र वातावरण स्वच्छ बनाउन ‘एक घर, एक कागतीका बिरुवा वितरण’ अभियान पनि संचालन गरिने भएको छ।

बरालका अनुसार यो अभियानले वातावरण स्वच्छ हुने र वडावासीले उपभोग पनि गर्न पाउने भएकाले अभियानकै रुपमा अघि बढाउन खोजिएको हो। वडावासीलाई कागतीको बिरुवा वडा कार्यालयले नै उपलब्ध गराउनेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।