जनगायक जीवन शर्माको प्रस्तुति सहित आइतबार पोखरामा रक्तिमको जनसांस्कृतिक कार्यक्रम हुने


     एभरेस्ट आवाज    
     जेठ १४ गते २०७९ मा प्रकाशित



पोखरा । जनगायक जीवन शर्माको विशेष प्रस्तुति सहित पोखरामा रक्तिमको जनसास्कृतिक कार्यक्रम हुने भएको छ । १४ औं गणतन्त्र दिवसका अवसरमा जेठ १५ गते आइतबार रक्तिम सांस्कृतिक अभियान केन्द्रिय समितीले पोखरामा जनसास्कृतिक कार्यक्रम गर्ने भएको हो । कार्यक्रम पोखराको बुद्धचोक स्थित यु एण्ड मि रेस्टुरेन्टको सभाहलमा दिनको १ बजे देखि सुरु हुने बताइएको छ।

देशमा भएका हरेक राजनैतिक आन्दोलन र परिबर्तनहरुमा रक्तिमले गित , सङ्गीत र साहित्यको माध्यमबाट महत्त्वपूर्ण योगदान पुर्याउदै आएको छ । “जनताको बलिदनीपुर्ण संघर्ष बाट प्राप्त गणतन्त्रको आकास माथी कालो बादल मडारिन थालेको छ । गणतान्त्रिक आन्दोलनको नेतृत्व गरेका दलहरुनै सत्तासिन भएपछी जे जस्तो व्यवहार प्रदर्शन गरिरहेका छन त्यस बाट गणतान्त्रिक ब्यवस्था प्रतिनै जनताको बितिष्णा बढ्दै गएको छ”, रक्तिम सास्कृतिक अभियानका अध्यक्ष नारायण शर्माले भने “रक्तिमको यो बिबिध जनसास्कृतिक कार्यक्रम बाटो बिराउदै गएको राजनैतिक नेतृत्वलाई खबरदारी गर्नका लागि हो । राष्ट्रिय स्वाधिनता रक्षाको आन्दोलनमा उर्जा भर्नका लागि हो ।” कार्यक्रममा रक्तिमको केन्द्रीय टोलिले जनताका गित, नाच र अभिनयहरु प्रस्तुत गर्ने अध्यक्ष शर्माले बताए । शर्माका अनुसार कार्यक्रममा विभिन्न प्रगतिशिल साहित्यिकर सास्कृतिक सङ्गठनहरु बाट समेत आतिथ्यता रहने छ । कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको जानकारी गराउदै अध्यक्ष शर्माले कार्यक्रममा उपस्थितिकालागी जनसङ्गितप्रेमी सम्पुर्ण पोखरा निवासी महानुभावमा हार्दिक अपिल गरेका छन ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।