रियल मड्रिड च्याम्पियन्स लिग च्याम्पियन


     एभरेस्ट आवाज    
     जेठ १५ गते २०७९ मा प्रकाशित




स्पेनिस क्लब रियल मड्रिडले युइएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ। फ्रान्सको पेरिसमा गएराति भएको फाइनलमा इङ्लिस क्लब लिभरपुललाई १–० गोलले हराउँदै रियल च्याम्पियन बनेको हो।

रियलका भिनिसियस जुनियरले खेलको ५९ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। यो सँगै रियलले कीर्तिमानी १४ औँ पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ। च्याम्पियन्स लिगमा रियलसँगको हारसँगै लिभरपुल यो सिजन २ उपाधिमा सीमित बनेको छ।

लिग कप र एफए कप जितेको लिभरपुलले प्रिमियर लिग र च्याम्पियन्स लिगमा हार बेहोरेको हो। स्पेनिस क्लब रियल मड्रिडका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटी युरोपको शीर्ष ५ लिगको उपाधि जित्ने पहिलो प्रशिक्षक समेत बनेका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।