आज आइपीएल फाइनल : उपाधिका लागि गुजरात र राजस्थान भिड्दै


     एभरेस्ट आवाज    
     जेठ १५ गते २०७९ मा प्रकाशित




इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटको फाइनल खेल आज (आइतबार) हुँदैछ।

उपाधिका लागि गुजरात टाइटन्स र राजस्थान रोयल्स खेल्दैछन्।

खेल अहमदाबादमा राति सवा ८ बजे सुरु हुनेछ। गुजरात आइपीएल क्रिकेटको नवप्रवेशी टोली हो। राजस्थानले आइपीएलमा पहिलो संस्करणको उपाधि जितेको थियो।

पहिलो क्वालिफायरमा गुजरातले राजस्थानलाई हराएर फाइनल पुगेको थियो भने दोस्रो क्वालिफायरमा रोयल च्यालेञ्जर्स बेङलोरलाई हराउँदै राजस्थान फाइनलमा पुगेको हो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।