अमेरिका समर्थित एशिया –प्रशान्त आर्थिक रुपरेखा९इण्डो–प्यासिफिक इकोनोमिक फ्रेमवर्क, आइपीइएफ० ले भारतलाई चीनमाथिको आर्थिक निर्भरता घटाउन मद्दत गर्ने विश्वास गरिएको छ ।
चीनको आर्थिक वर्चश्वलाई रोक्न अघि सारिएको आइपीइएफमा अमेरिकासहित ११ वटा एशियाली देश सहभागी छन् । आइपीइएफले सदस्य देशबीच बहुपक्षीय आर्थिक सहयोग बढाउने र चीनमाथिको भारतको आर्थिक निर्भरतालाई घटाउन भारतलाई सहयोग पुग्ने आर्थिक विश्लेषकहरूले बताएका छन् ।
आइपीइएफलाई आपूर्ति शृङ्खला विविधीकरणमा यथाशीघ्र अघि बढाउनुपर्ने तथा त्यसमा आर्थिक संलग्नताका ठोस आयोजना समावेश हुनुपर्नेमा पनि उनीहरूले जोड दिएका छन् । पछिल्लो समय भारतले बहुपक्षीय सम्झौताको सट्टा द्विपक्षीय स्वतन्त्र व्यापार सम्झौतामा ध्यान केन्द्रित गरेको छ ।
चीनसँगको भारतको व्यापार बृहत् छ । दुई देशबीचको व्यापार यो वर्षको पहिलो त्रयमासमा १५ं।३ प्रतिशतले बढेर ३१ अर्ब अमेरिकी डलर पुगेको चिनियाँ भन्सार विभागले जनाएको छ । भारतमा चिनियाँ लगानी पनि बढेको छ । अघिल्लो वर्ष चौध अर्ब डलरभन्दा बढी चिनियाँ लगानी भारतका उद्यम विकासका क्षेत्रमा भएको थियो ।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







