पोखरा, जेठ १५
जोन्टा क्लव अफ पोखराको अध्यक्षमा मोनिका थापा चयन भएकी छन् । क्लवको दोश्रो साधारण सभा तथा पहिलो अधिवेशनले थापालाई अध्यक्षमा चयन गरेको हो । क्लवको निवर्तमान अध्यक्षमा लिना श्रेष्ठ गोशली, उपाध्यक्षमा रोजिना रञ्जित बिजुक्छे, सचिवमा निलिशा केसी र सल्लाहकारमा अञ्जना तझ्या चयन भएका छन् ।
क्लवको एडभोकेसी डाइरेक्टरमा श्रीविद्या कायस्थ, सर्भिस डाईरेक्टरमा अश्विन कार्की, शिक्षा निर्देशकमा स्वेता पिया मल्ल, लिडरसीप एण्ड स्किल डाइरेक्टरमा सृजना कार्की भट्टराई, जोन्टा एण्ड गोल्डेन जोन्टा डाइरेक्टरमा प्रेरणा सेढाईं भट्टराई, अवार्ड एण्ड स्कलरसीप डाइरेक्टरमा नम्रता दाहाल, यूएन. कमिटी डाइरेक्टरमा सविता श्रेष्ठ र पव्लिक रिलेसन एण्ड कम्युनिकेसन डाइरेक्टरमा कल्पना भट्टराई कार्की चयन भएका छन् ।
जोन्टा ईन्टरनेसनलसँग आबद्ध जोन्टा क्लव अफ पोखरा २०१९ मा स्थापना भएको क्लव हो । व्यवसायीक महिलाहरु मात्र सदस्य हुने यस क्लवमा हाल २७ जना सदस्य रहेका छन् । क्लवले महिला सशक्तिकरण, महिला माथि हुने हिंसा र विभेद बिरुद्ध सचेतना कार्यक्रम, महिलामा हुने मासिक मिन्सुरेसनबिरुद्ध हुने हिंसा, यातना सम्बन्धि सचेतना कार्यक्रम गर्दै आएको छ ।
पछिल्लो ३ वर्षमा क्लवले पोखरा र लेखनाथ क्षेत्रलाई केन्द्रीत गरेर महिला हिंसा र विभेद बिरुद्ध आवाज उठाउने, सचेतना जगाउने, न्यायका लागि एडभोकेसी गर्नेलगायतका कार्य उल्लेख्य रुपमा गरेको क्लवकी पूर्व सचिव तथा वर्तमान उपाध्यक्ष रोजिना रञ्जित बिजुक्छेले बताईन् ।
त्यस्तै, क्लवले पूर्व प्राथमिक शिक्षा क्षेत्रमा सम्बद्ध शिक्षिकाहरुलाई तालिम, पूर्वाधार निर्माण गरिदिने, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भर्खरै आमा भएकाहरुलाई शिशुका लागि आमाको दूधको महत्वबारे सचेतना कार्यक्रम तथा क्लवका सदस्य तथा युवाहरुलाई नेतृत्व विकास तथा क्षमता विकास सम्बन्धि कार्यक्रम गरेको क्लवकी निवर्तमान अध्यक्ष लिना श्रेष्ठ गोशलीले जानकारी दिईन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १० साउन ।नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा…





