तारा एयरको जहाज भेटिएको स्थानमा उद्धारका लागि ६ जनाको शेर्पा टोली पठाइयाे


     एभरेस्ट आवाज    
     जेठ १५ गते २०७९ मा प्रकाशित




फाइल तस्विर

पोखरा । पोखरादेखि जोमसोम उडेको तारा एयरको जहाज भेटिएको भनिएको स्थानमा पुग्न शेर्पा टोली (हिमाली क्षेत्रका आरोही) लाई पठाइएको छ ।

पोखरा विमानस्थलबाट कैलास एयर र डाइनेस्टिकको हेलिकोप्टरले आइतबार साँझ दुर्घटना लोकेट (पहिचान) स्थान भएको स्थान नजिक थासाङ गाउँपालिका वडा नम्बर २, नाउरीकोट माथि उनीहरुलाई छोडेर फर्केको छ । टोलीमा ६ जना शेर्पा छन् । दुर्घटना लोकेट भएको स्थानभन्दा उनीहरुलाई पैदल यात्रामा ३/४ घण्टा टाढा छोडिएको हो ।

आरोहीहरु आइतबार राति नै सकेसम्म दुर्घटना भएको भनिएको स्थानमा जाने छन् । त्यहाँ उनीहरुले राति टेन्ट गाडेर बास बस्ने तारा एयरलायन्स पोखराले जनाएको छ ।

मुस्ताङको थासाङ गाउँपालिका वडा २, नाउरीकोट गाउँमाथिको मानापाथी हिमालको फेदीमा विमान फेला परेको सूचना बेपत्ताको ६ घण्टापछि स्थानीयले नेपाली सेनालाई दिएका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।