आ.ब.२०७९/८० का मुख्य अंशहरु – बुद्दि मल्ल


     एभरेस्ट आवाज    
     जेठ १५ गते २०७९ मा प्रकाशित



बजेट : १७ खर्ब ९३ अर्ब ,चालु तर्फ ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत तर्फ ३ खर्ब ८० अर्ब ३८ करोड, वित्तीय व्यवस्थापन तर्फ २ खर्ब ३० अर्ब २२ करोड र प्रदेश तथा स्थानिय तहको लागि ४ खर्ब २९ अर्ब बिनियोजन गरिएको ।
– राजस्वबाट १२ खर्ब ४० अर्ब ११ करोड, बैदेशिक अनुदान ५५ अर्ब ४६ करोड, बैदेशिक ऋणबाट २ खर्ब ४२ अर्ब र आन्तिरिक ऋणबाट २ खर्ब ५६ अर्ब उठाइने लक्ष्य राखिएको छ ।
– कर्मचारीको तलबमा १५ प्रतिशत बृद्धि ।
– ८ प्रतिशतको आर्थिक बृद्धि र ७ प्रतिशत मुद्रास्फितिको लक्ष्य ।
– दम्पतिको आयकर सिमा ६ लाख सम्म ।
– बृद्ध भत्ता ६८ बर्षमा नै दिईने ।
– आगामी बर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य ।
– सहुलियतपूर्ण कर्जामा ब्याज अनुदान दिन १३ अर्ब ५९ करोड विनियोजन
– लघुबित्तहरुबाट कृषिमा सहुलियतपूर्ण कर्जा प्रदान गरिने ।
– बैंकको प्रत्येक शाखाहरुबाट कृषिमा ५ वटा कर्जा लगानी गर्नुपर्ने ।
– प्रस्ताव गरेको उद्यमको आधारमा सहुलियतपूर्ण कर्जा दिने।
– आगामी आर्थिक वर्षमा १० हजार युवालाई तालिम दिने।
– प्रत्येक बर्ष २ लाखलाई रोजगारी दिईने ।
– वैदेशिक रोजगारीमा गएका नेपालीलाई आईपीओमा १० प्रतिशत आरक्षण ।
– ब्यापार भन्दा उद्योगको ऋणको ब्याजदर सस्तो बनाउने ।
– बिलासिता बस्तुमा भन्सार बृद्दि

समग्रमा,
– कृषि, पर्यटन, बिभिन्न ठांउमा अण्डरपास, फ्लाइओभर तथा बिभिन्न ठांउमा सुरुङ्कमार्ग निर्माण , ईन्टरनेट शुल्क घटाउने, महिला उत्थान कार्यक्रमलाई परिमार्जन गर्न प्राथमिकता दिईएको बजेटको सकरात्मक पक्ष हो ।
– उद्योगको ऋणको ब्याज घटाउने नीति एकदमै सकरात्मक पक्ष हो ।
– समग्रमा बजेटले सबै क्षेत्र समेट्न कोशिस गरेको भएतापनि निर्वाचनको मुखैमा आएको बजेट भएकोले ६८ बर्षमा नै बृद्ध भत्ता, सहुलियतपूर्ण कर्जा पनि अझै थप १ प्रतिशत सहुलियत जस्ता कार्यक्रमले अर्थतन्त्रलाई त्यति योगदान गर्न भने सक्दैन र यसको भार सरकारले ब्यहोर्नुपर्न देखिन्छ भने आयातमा कडाई भएको कारणले घट्न जाने कर तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय बातावरणको कारणले बजेटको श्रोत संकलनमा समस्या पर्न सक्छ ।
– बजेटले बैंक तथा बित्तिय संस्थाहरुमा तरलता ुअभाव भएको कारणले कर्जा संकुचन भईरहेको अवस्थामा ८ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य हांसिल गर्नको गार्हो देखिन्छ भने बिश्व बजारमा नै पेट्रोलियम पदार्थको मूल्यबद्धि भईरहेको अवस्थामा मुल्यबृद्धि तथा मुद्रास्फिति नियन्त्रणको लक्ष्य पनि गार्हो देखिन्छ ।- बुद्दि मल्ल ( एसिस्टेन्ट जनरल म्यानेजर, एन.एम.बि.बैंक)


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।