कक्षा १२ को परीक्षा आजदेखि सुरु

- परीक्षा बिहान ८ बजेदेखि एक साथ सुरु हुने परीक्षा बोर्डले जनाएको छ


     एभरेस्ट आवाज    
     जेठ १६ गते २०७९ मा प्रकाशित




कक्षा १२ परीक्षा आज (सोमबार) देखि सुरु हुँदैछ।

परीक्षा बिहान ८ बजेदेखि एक साथ सुरु हुने परीक्षा बोर्डले जनाएको छ।

यसअघि ११ बजेदेखि तोकिएको परीक्षा समय परिवर्तन गरी बिहान ८ बजेदेखि ११ बजेसम्मका लागि तोकिएको छ। राष्ट्रिय परीक्षा बोर्डले यसअघि नै सूचना जारी गरी परिक्षा समय परिवर्तन गरेको जनाएको थियो। विभिन्न सरोकारवाला निकायको परामर्शका आधारमा परीक्षा समय परिवर्तन गरिएको बोर्डले जनाएको हो।

बोर्डका अनुसार यस वर्ष करिब ४ लाख १५ परीक्षार्थी परीक्षामा सहभागी हुँदैछन्। परीक्षा जेठ २५ गतेसम्म सञ्चालन हुनेछ ।
यो पटक पनि परीक्षा सुरु हुनुभन्दा आधा घण्टाअघि अनलाइनबाट प्रश्नपत्र सम्बन्धित परीक्षा केन्द्रमा पठाइने बोर्डले जनाएको छ।

कोरोना भाइरसको महामारीका कारण बोर्डले गत वर्षदेखि प्रश्नपत्र प्रकाशन गर्न छोडेको थियो। त्यसलाई यस वर्ष पनि निरन्तरता दिइएको हो। बोर्डका प्रादेशिक कार्यालयले जिल्ल परीक्षा समन्वय समितिसँग समन्वय गरेर काम गरेको हो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।