हवाई दुर्घटनाप्रती एमाले गण्डकीद्वारा दु:ख व्यक्त


     एभरेस्ट आवाज    
     जेठ १६ गते २०७९ मा प्रकाशित




पोखरा । ने क पा (एमाले)गण्डकी प्रदेश कमिटीले हिजो भएको जहाज दुर्घटनाप्रती दुस्ख व्यक्त गरेको छ।

एमाले गण्डकी प्रदेश कमिटीले सोमबार एक शोक विज्ञप्ती जारी गर्दै दुर्घटनामा निधन हुने सम्पुर्णमा श्रद्धाञ्जली व्यक्त गर्दै शोक बिह्वल परिबारमा हार्दिक समबेदना प्रकट गरेको हो ।

अध्यक्ष नबराज शर्माद्वारा हस्ताक्षरीत विज्ञप्तीमा हिजो बिहान ९: ५५ बजे पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको 9N- AET.DHC-6  ट्विनअटर विमान मुस्ताङको थासाङ गाउपालिका वडा न २ स्थित मानापाथी हिमालको फेदि सानोसरे भिरमा दुर्घटना हुन पुगि चालक दल सहित सबार सम्पुर्ण यात्रुहरूको दुस्खद निधन भएकोमा आफ्नो पार्टी स्तब्ध भएको उल्लेख गरिएको छ।

विज्ञप्तीमा यस्ता खाले हवाइ दुर्घटनाले नेपालको हवाइ क्षेत्रको सुरक्षा र विश्वस्नियतामा चुनौती खडा गरेको भन्दै नेपाल सरकार र सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण गराउदछौ भनिएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।