तारा एअर विमान दुर्घटनामा ज्यान गुमाएका को–पाइलट उत्सव पोखरेललाई बहिनीले मुटुमै बिझ्ने गरि मर्मस्पर्शी स्टाटस लेखेकी छन्।
सामाजिक सञ्जाल फेसबुकमा मनसून आइडीबाट को–पाइलट उत्सवकी बहिनीले दाईलाई लेखेको भावुक पत्र सार्वजनिक गरिएको छ।
उनले लेखेकी छन्, ‘निशब्द ! तँलाई छुर्पी ल्याइदिन्छु, परीक्षा राम्रोसँग गर। यो कुरा दिमागमा अझै आइराछ दादा। ममी बाबा पनि तपाँईकै प्रतीक्षामा हुनुहुन्छ। आउनुस न दादा घर फर्केर। मलाई पाइलट बनाउँछु भन्नुहुन्थ्यो। आखिर बिच बाटोमै छाडेर जानुभयो है दादा …!!’

आइतबार बिहान ५ः ३० बजे उत्सवले बुबा मणिराम पोखरेललाई फोन गर्दै जोमसोमका लागि उडान भर्ने बताएका थिए। त्यतिबेला, उत्सवका बुबा मणिराम जाजरकोटको खलङ्गास्थित रम्भा होटलमा थिए। परिवारका लागि उत्सवको जुन बोली अन्तिम बन्यो। बुबा मणिरामले त्यतिबेला भनेका थिए, ‘शुभयात्रा बाबु’।
उत्सव आइतबार दुर्घटना भएको तारा एयरको को–पाइलट थिए। चौरजहारी क्षेत्रका पहिलो पाइलट उत्सव दुर्घटनामा परेको खबरले यो क्षेत्र शोकमग्न छ। उत्सव आइतबार बिहान जोमसोम उडान गर्ने तयारीमा थिए। पोखरा रहेका उत्सवले उडान भर्नुअघि बुवालाई फोन गरेका थिए। जाजरकोट सदरमुकाममा रहेका उत्सवका बुवा मणिरामसँग उनको छोटो कुराकानी भएको थियो। बुवासँग भएको कुराकानीको केही समयपछि नै उत्सव दुर्घटनामा परेको खबरले मणिरामलगायत उत्सवको परिवार मात्रै होइन, गाउँनै शोकमा डुबेको छ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







