फोटो/एजेन्सी
चीनका राष्ट्रपति सी चिनफिङले प्रशान्त टापुका देशसँग घनिष्ठ सहयोगका लागि आह्वान गरेका छन् । सोमबार दोस्रो चीन–प्रशान्त टापु राष्ट्रहरूका विदेश मन्त्रीहरूको बैठकमा लिखित मन्तव्य व्यक्त गर्दै उहाँले प्रशान्त टापुका देशको साझा भविष्यका निम्ति यस क्षेत्रका राष्ट्र अझ निकटमा रहेर समुदाय निर्माण गर्नु आवश्यक भएको बताए ।
हालैका वर्षहरूमा चीन र प्रशान्त टापुका देशहरूबीचको व्यापक रणनीतिक साझेदारीले पारस्परिक सम्मान र साझा विकासलाई निरन्तरता दिएको छ भने त्यसले दक्षिण–दक्षिण सहयोग र पारस्परिक लाभको लागि राम्रो उदाहरण प्रस्तुत गरेको राष्ट्रपति सीले बताए ।
सन् २०२१ को अक्टोबरमा औपचारिक रूपमा स्थापना भएको चीन–प्रशान्त टापु देशका विदेश मन्त्रीहरूको बैठकको संयन्त्रले दुवै पक्षलाई सघन वार्ता गर्न तथा आपसी विश्वास र सहयोग बढाउन महत्वपूर्ण मञ्च प्रदान गरेको उनले उल्लेख गरे ।
चीन र प्रशान्त टापुका देशहरूबीचको दूरीको बाबजुद पनि बेइजिङले राष्ट्रपति सीको मार्ग निर्देशनमा चुनौतीहरूको संयुक्त रूपमा सामना गर्न र विकासका अवसरहरू खोज्न प्रशान्त महासागरका टापु देशहरूसँग घनिष्ठ सम्बन्ध बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







