सुरक्षा कारबाहीमा चार विद्रोही मारिए


     एभरेस्ट आवाज    
     जेठ १७ गते २०७९ मा प्रकाशित




अफगान सुरक्षा बलले उत्तरी बदख्सान प्रान्तको तागाब जिल्लामा चार विद्रोहीलाई मारेको प्रान्तीय सूचना तथा संस्कृति विभागका प्रमुख कारी माजुद्दिन अहमदीले बताएका छन् ।

तागाब जिल्लाको रबात क्षेत्रमा गरिएको सुरक्षा कारबहीमा तथाकथित प्रतिरोधी मोर्चाका चार सशस्त्र सदस्य मारिएका तथा उनीहरूबाट हतियार कब्जामा लिइएको उनले बताए ।

गत अगस्टमा अफगानिस्तान कब्जा गरेपछि युद्ध अन्त्यको घोषणा गरेको तालिबानद्वारा सञ्चालित कार्यवाहक प्रशासनले युद्धग्रस्त देशमा कानून र व्यवस्था सुनिश्चित गर्ने वाचा गरेको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।