भारतमा सोमबार कोरोनाको दैनिक सङ्क्रमणमा थोरै गिरावट देखिएको छ । पछिल्लो २४ घण्टामा यस देशमा दुई हजार ३३८ नयाँ सङ्क्रमित दर्ता भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।आइतबार एक दिनमा दुई हजार ७०६ जना कोरोना सङ्क्रमित भएका थिए ।
आइतबार तुलनामा सोमबार कोरोना सङ्क्रमितको संख्यामा केही कमि आएको देखियो । हाल यहाँ १७ हजार ८८३ सक्रिय सङ्क्रमितसक्रिय रहेका छन् । यो संख्या कुल सङ्क्रमितको ०।०४ प्रतिशत हो । पछिल्लो २४ घण्टामा २ हजार १३४ जनालाई कोरोना निको भएपछि कुल ४ करोड २६ लाख १५ हजार ५७४ पुगेको छ ।
अहिले कोरोना भाइरस मुक्ति दर ९८।७४ प्रतिशत रहेको छ ।स्वास्थ्य मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ५ लाख २४ हजार ६३० पुगेको छ ।भारतले सोमबार ३ लाख ६३ हजार ८८३ जनाको कोभिड परीक्षण गरेको छ । हालसम्म भारतमा कुल ८५ करोड ४ लाख कोभिड परीक्षण गरिएको छ ।
भारतमा सन् २०२१ जनवरीबाट राष्ट्रव्यापी खोप अभियान शुरु गरिएको थियो । सो समयदेखि हालसम्म १ अर्ब ९३ करोड डोज खोप लगाइएको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







