नोम पेन, १८ जेठ ९रासस÷सिन्ह्वा० ( सुर्तिजन्य पदार्थको सेवनका कारण कम्बोडियामा वार्षिक १५ हजारभन्दा बढीको मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०ले बुधबार दिएको जानकारी अनुसार सुर्तिजन्य पदार्थको सेवनबाट हुने मानवीय क्षति डर लाग्दो रहेको छ ।
सुर्तिजन्य पदार्थले मानवीय शक्तिसँगै वातावरणीय क्षेत्रमा समेत नकारात्मक प्रभाव पारिरहेकाले यसको न्यूनिकरणका लागि पनि डब्लुएचओका प्रतिनिधिहरूले ध्यानाकर्षण गराएका छन् । कम्बोडियाका लागि डब्लुएचओका प्रतिनिधि लि एैलानले सुर्तिजन्य पदार्थको सेवनबाट अनावश्यक क्षेत्रमा खर्च गर्नु परेको बताए ।
उनले सुर्तिजन्य पदार्थको सेवनका कारण विश्वभरि वार्षिक ८० लाख मानिसको मृत्यु हुने गरेको पनि जानकारी दिए । विश्व सुर्तिजन्य पदार्थ दिवसको अवसरमा सार्वजनिक गरिएको प्रतिवेदनमा सुर्तिजन्य पदार्थको प्रयोग घटाउन चेतनामूलक कार्यक्रमहरू नै बढाउनु पर्नेमा जोड दिइएको छ।हरेक वर्षको मे ३१ तारिखमा विश्वभरि सुर्तिजन्य पदार्थ सम्बन्धी दिवस विविध कार्यक्रम गरी मनाउने गरिन्छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







