युरोपियन कमिसनले युक्रेनबाट खाद्यान्नको निर्यातका लागि सहयोग गर्ने जनाएको छ । युरोपियन कमिसनका अध्यक्ष उर्सुला भोन डेर लियनले सो कुरा बताएका हुन् ।उनले युरोपियन कमिसनले युक्रेनबाट खाद्यान्न निर्यात गर्न सक्ने वातावरणका लागि आवश्यक सहयोग गर्नेतर्फ लागेको बताएका हुन्।
यसै महिनाको सुरुवातमा युरोपियन कमिसनका अधिकारीहरुले युक्रेनले आवश्यक मात्रामा खाद्यान्न निर्यात र आयात गर्न पाउनुपर्ने भन्दै त्यसका लागि वातावरण बनाउन विदेशी समुदायसँग आग्रह गरेको थियो ।युक्रेनमा मानवीय सहायतास्वरुप विभिन्न देशले उपलब्ध गराएको खाद्यान्न आयात गर्न र त्यहाँ रहेका कतिपय खाद्यान्नहरु निर्यात गर्न पाउनुपर्ने गरी वातावरण मिलाउनुपर्ने माग यसअघि उठ्दै आएको थियो ।
युक्रेनमा रुसले गरेको हमलामा परी ठूलो जनधनको क्षति पुगेको छ । त्यहाँ अहिले पनि कतिपय स्थानमा रुसी सैन्य हमला जारी नै रहेको छ । यस सैन्य आक्रमणबाट यहाँका नागरिकमा खाद्यान्न लगायतका मानवीय सहायताका सामग्रीहरुको खाँचो रहेको बताइएको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







