अफ्रिकी संघका प्रमुख एवं सेनेगलका राष्ट्रपति म्याकी सालले शुक्रबार दक्षिणपश्चिम रुसी शहर सोचीमा राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्ने छन कार्यक्रम तय भएको छ ।यस भ्रमणको उद्देश्य ूअनाज र मलको भण्डार खाली गर्नेजसको अवरोधले विशेष गरी अफ्रिकी देशहरूलाई असर गरेको छू गर्नु रहेको बताइएको छ ।
साथै वार्तामा युक्रेन द्वन्द्बाट सृजित समस्यालाई सहजीकरण गर्नु पनि यसको उद्देश्य रहेको छ । राष्ट्रपति पुटिनको निमन्त्रणापछि यो भ्रमणको आयोजना गरिएको हो । त्यसैगरी अफ्रिकी संघले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबाट भिडियो ठेगाना पनि प्राप्त गर्नेछन्यद्यपि त्यसको कुनै मिति भने तय गरिएको छैन।
युक्रेनको युद्धले ईन्धन, अन्न र मलको लागत विश्वभर वृद्धि भएको छजुन अफ्रिकी राष्ट्रहरूमा तीव्र रूपमा महसुस भइरहेको छ।युक्रेन र रुस दुवै अफ्रिकामा गहुँ र अन्य अन्नको प्रमुख आपूर्तिकर्ता हुन्जबकि रूस उर्वरक ९मल० को प्रमुख उत्पादक हो।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







