जेठ २७ सम्म तारा एअरको पोखरा–जोमसोमको नियमित उडान स्थगित


     एभरेस्ट आवाज    
     जेठ १९ गते २०७९ मा प्रकाशित




फाइल तस्विर

पोखरा । तारा एअरले आगामी जेठ २७ गतेसम्मका लागि पोखरा–जोमसोम– पोखराका नियमित उडानलाई स्थगित गर्ने भएको छ ।

एअरले बिहीबार एक सुचना प्रकाशित गर्दै यस्तो जनाएको हो । एअरले सुचनामा विशेष कारणबस भोलि जेठ २० देखि आगामी जेठ २७ सम्मको लागि नियमित उडानहरु स्थगित भएको जनाएको छ ।

यसअघि जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटनामा २२ जनाको मृत्यु भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।