अस्ट्रेलियाका किशोरहरूलाईभन्दा किशोरीहरूलाई कोभिड–१९ ले बढी हानिकारक प्रभाव पारेको एक अध्ययनले देखाएको छ ।युनिभर्सिटी अफ सिड्नीका अन्वेषकहरूले न्यू साउथ वेल्स, क्वीन्सल्याण्ड र वेस्टर्न अस्ट्रेलिया राज्यका करिब १,००० किशोर किशोरीहरूको आहारविहार, शारीरिक क्रियाकलाप, मदिारा र सुर्तिजन्य वस्तुको प्रयोग, मनोरञ्जनात्मक समय,निद्राको ढाँचामा आधारित भएर गरेको सर्वेक्षणमा महामारीबाट किशोरीहरू बढी प्रभावित भएका देखिएको हो ।
दुई वर्षको अध्ययनले २४ प्रतिशत किशोरीहरू महामारीको समयमा कम निद्राबाट पीडित भएका तथा किशोरहरूको तुलनामा उनीहरूको मदिरा सेवनमा पनि वृद्धि भएको देखाएको छ ।
मानसिक स्वास्थ्य विशेषज्ञ एवम् सर्वेक्षणका प्रमुख लेखक लरेन गार्डनरले सर्वेक्षणका परिणाम विगत दशकमा देखा परेका प्रवृत्तिहरूसँग मिल्दाजुल्दा रहेका तर महामारीको तनावले स्थितिलाई अझ बढाएको बताएका छन् ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







