पोखरा, जेठ २०
जिल्ला समन्वय समिति (जिसस) कास्कीको प्रमुखसहित सबै पदमा एमालेको प्यानल नै बिजयी भएको छ । जिल्ला समन्वय समिति कास्कीको नया नेतृत्वका लागि आज भएको निर्वाचनमा एमाले प्रमुख, उपप्रमुखसहित सबै सदस्य पदमा बिजयी भएको हो ।
आज भएको निर्वाचनमा जिसस कास्कीको प्रमुखमा नेकपा एमालेका लीलाधर पौडेल निर्वाचित भएका छन् । पौडेल नेपाली कांग्रेसका दीपेन्द्र ढकाललाई २ मतान्तरले पराजित गर्दै जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएका हुन् । पौडेलले ६ मत प्राप्त गर्दा ढकालले ४ मत प्राप्त गरे ।
त्यस्तै, उपप्रमुखमा नेकपा एमालेकी सरिता कुमाल निर्वाचित भएकी छन् । उनी नेकपा माओवादी केन्द्रकी उषा थापालाई २ मतले पराजित गर्दै बिजयी भएकी हुन् । बिजयी कुमालले ६ मत प्राप्त गर्दा पराजित थापाले ४ मत पाईन् ।
त्यस्तै, जिससको खुल्ला सदस्यमा एमालेका राजु अधिकारी (मादी), र बालिका सुवेदी (अन्नपूर्ण) र हर्कबहादुर गुरुङ (रुपा) निर्वाचित भएका छन् । उनीहरु कांग्रेसका सदस्यतर्फ कांग्रेसका ओमप्रकाश गुरुङ (मादी), बिजय गुरुङ (अन्नपूर्ण) र माओवादीका पुर्खबहादुर पुन (माछापुच्छ«े)लाई पराजित गर्दै बिजयी भएका हुन् ।
महिला तीन सदस्यमा एमालेका लक्ष्मी दमै (माछापुच्छ«े), सीतादेवी विक (पोखरा–२१), र सुकमाया नेपाली (माछापुच्छे«) बिजयी भएका छन् । उनीहरु कांग्रेसका गंगा रानाभाट (माछापुच्छ«े), गोमा सुवेदी (पोखरा–२) र शान्ता पौडेल अधिकारी (रुपा)लाई पराजित गर्दै बिजयी भएका हुन् ।
दलित वा अल्पसंख्यक सदस्यतर्फ एमालेका गणेशबहादुर घर्ती (अन्नपूर्ण) बिजयी भएका छन् उनी कांग्रेसका विष्णुमाया परियार (पोखरा ४)लाई पराजित गर्दै बिजयी भएका हुन् ।
जिल्ला समन्वय समितिको पदाधिकारी तथा सदस्यहरु जिल्लाका स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गरेर चयन गर्ने प्रावधान छ । कास्कीमा ५ वटा स्थानिय तहहरु रहेका छन् । जस अनुसार १० जनाको मताधिकार रहेका कास्कीमा एमालेको एकल बहुमत पुग्ने ६ मत रहेको थियो । एमालेले एकल रुपमा रुपा गाउँपालिका र अन्नपूर्ण गाउँपालिकाको प्रमुख र उपप्रमुख जितेको छ भने पोखरा महानगरपालिका र मादी गाउँपालिकामा उपप्रमुख जितेको छ । यसबाहेक कांग्रेसले माछापुच्छ«े गाउँपालिकाको प्रमुख र उपप्रमुख तथा मादी गाउँपालिकाको प्रमुख जितेको छ भने नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको प्रमुख जितेकाले सत्तारुढ गठबन्धनमा ४ मत मात्र रहेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा एक अमेरिकी नागरिकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१८ सेदीमा आज…





