संचारिका समुह नेपाल गण्डकी प्रदेश समितिको पदस्थापन


     एभरेस्ट आवाज    
     जेठ २१ गते २०७९ मा प्रकाशित




पोखरा। संचारिका समुह नेपाल गण्डकी प्रदेश समितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । समुहको गत बैशाख १४ गते सम्पन्न छैठौ अधिवेशनबाट निर्वाचित समितिको आज पदस्थापन गरिएको हो ।

पदस्थापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य मिना गुरुङले अबको पत्रकारिता खोज अनुसन्धान तर्फ अग्रसर हुनुपर्ने बताईन् । उनले समाजमा रहेका सर्वसाधारणले सहि सुचना प्राप्त नगर्दा समाज हिंसा र विभेदतर्फ उन्मुख भएको बताईन् ।“महिलाले, उत्पिडनमा परेको समुदायले समाज र राज्यबाट पाउने हक अधिकार समेत राम्ररी बुझेका छैनन्, जसले गर्दा दिनप्रतिदिन हिंसा र विभेद खेपिरहेका छन् , पत्रकारले अव समस्याका विषयमा कलम चलाउनुसंगै यस्ता खालका सुचना पनि सुचित गर्नुपर्छ”, उनले भनिन् “महिला सशक्तिकरण कार्यक्रमहरु गर्दा पुराना शैलीलाई त्यागेर अब नयाँ ढंगले प्रभावकारी कार्यक्रमहरु गर्नुपर्छ,म मेरो तर्फबाट भरपुर साथ दिनेछु” ।

त्यसैगरी एनजिओ फिडेरेशनका अध्यक्ष राम प्रसाद सुवेदीले पछिल्लो समयमा महिला हिंसाका घटनाहरु बढिरहेको भन्दै खोज पत्रकारिता मार्फत हिंसा पिडितहरुको कुराहरुमा अझ बढी कलम चलाउन सुझाव दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ शाखा कास्कीका अध्यक्ष बिमला भण्डारीले महिलालाई पत्रकारिता अझ बढी चुनौति रहेको भन्दै चुनौती चिरेर अगाडी बढ्ने र बढ्न चाहने महिला पत्रकारहरुका लागि महासंघले सधै अभिभावकत्व प्रदान गर्नेमा कुनै कन्जुस्याइँ नगर्ने प्रतिबद्धता व्यक्त गरिन् । त्यसैगरी निवर्तमान अध्यक्ष स्मीता अधिकारीले हरेक संघसंगठन समुहको एकताले सफल हुने भन्दै एकजुट भएर अगाडि बढ्न सुझाव दिइन्।

कार्यक्रममा पत्रकार महासंघ शाखा कास्कीका निवर्तमान अध्यक्ष दिपेन्द्र श्रेष्ठ ,इन्सेक क्षेत्रीय प्रमुख शिव खकुरेल, प्रेस चौतारी गण्डकीका ईन्द्र पौडेल, जिल्ला अध्यक्ष अर्जुन गिरी, फोनिज गण्डकी अध्यक्ष रुद्र श्रिस ,मानव अधिकारको लागि एकल महिला संजाल कास्कीका सचिव विष्णु श्रेष्ठ,इम्प्रेसन नेपाल कास्कीका अध्यक्ष सवि सेरचन लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा संचारिका समुह गण्डकीका सल्लाहकार तथा पुर्व अध्यक्ष जमुना वर्षा शर्मा,प्रेस चौतारी केन्द्रीय सचिव शुष्मा पौडेल, श्याम कुँवर लगायतको उपस्थित रहेको थियो । समुहका अध्यक्ष कविता श्रेष्ठको अध्यक्षमामा भएको थियाे ।

पदस्थापन कार्यक्रमपछि अध्यक्ष श्रेष्ठले महिला पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

यसअघि, गत वैशाख १४ गते पोखरामा सम्पन्न सञ्चारिका समुह नेपाल गण्डकी प्रदेशको छैटौं अधिवेशनबाट कविता श्रेष्ठको अध्यक्षमा नयाँ कार्यसमिती चयन भएको थियो ।

समुहको उपाध्यक्षमा कञ्चन थापा कोइराला , महासचिवमा अनिशा श्रेष्ठ, कोषाध्यक्षमा उमा आले मगर, सचिवमा कविता घर्तीमगर निर्वाचित भएका थिए ।

त्यसैगरी समुहको सदस्यहरुमा शोभा नेपाल, जुना थापा, अनिता घिमिरे , दिपा पौडेल, बिनिता सुनार, सोनु राना , सुशिला अधिकारी , अनिषा नेपाली, देवी जिसी (म्याग्दी) निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै पदेन सदस्यमा कला राना (स्याङजा), संझना रसाइली (तनहुँ), बसन्ता भट्ट (लमजुङ) र बिष्णु गौतम (पर्वत) निर्वाचित भएका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।