अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले शुक्रबार बताएअनुसार अमेरिकामा २१ सहित विश्वभर मंकीपक्स संक्रमितको संख्या ७०० भन्दा बढी पुगेको अमेरिकी अनुसन्धानले देखाएको छ।
पछिल्लो समय मंकीपक्स अमेरिकामा पनि फैलिइरहेको बताइएको छ।
सीडीसीको एउटा नयाँ रिपोर्टअनुसार पहिलो १७ वटा घटनामध्ये १६ जना समलिंगी पुरुषसँग यौन सम्बन्ध राख्ने व्यक्ति रहेका र बाँकी १४ जना यात्रासित सम्बन्धित भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
सबै बिरामीहरू निको भइसकेका छन् वा निको हुने क्रममा छन्। तर, कुनै पनि संक्रमितलाई जटिल स्वास्थ्य समस्या देखिएको छैन।
सीडीसीको ‘डिभिजन अफ हाई कन्सिक्वएन्स प्याथोजेन एन्ड प्याथोलोजी’का उपनिर्देशक जेनिफर म्याकक्विस्टनले संचारकर्मीसँग भनिन्, ‘संयुक्त राज्य अमेरिकामा पनि केही घटनाहरू देखिएका छन् जसबारे हामीलाई पूर्ण जानकारी छ।’
संयुक्त राज्य अमेरिकामा यात्रासम्बन्धी वा उनीहरू कसरी संक्रमित बने भन्ने जानकारी नभएको एउटा पनि घटना नभएको उनले बताइन्।
मंकीपक्स एक दुर्लभ रोग हो। यो बिफरसँग सम्बन्धित तर बिफरभन्दा कम गंभीर रोग हो। ज्वरो आउने, चिलाउने र दुख्नेजस्ता लक्षण देखा पर्छन्।
साधारणतया पश्चिमी र मध्य अफ्रिकामा मात्र सीमित यो रोग (संक्रमण) मेदेखि युरोपमा पनि भेटिएको थियो। त्यस बेलादेखि प्रभावित देशहरूको संख्या बढेको छ।
क्यानडाले शुक्रबार पनि नयाँ तथ्यांक जारी गर्दै कुल ७७ जनामा संक्रमण भएको पुष्टि गरेको छ। तीमध्ये प्रायः सबै क्युबेक प्रान्तमा पत्ता लागेका हुन् र त्यहाँ नियन्त्रणका लागि खोपहरू वितरण गरिएका छन्।
यसको नयाँ फैलावट युरोपमा विशेष समलैंगिक पर्वहरूसँग सम्बन्धित हुन सक्ने भएपनि मंकीपक्सलाई यौनजन्य रोग मानिएको छैन। यसको मुख्य जोखिम भनेको मंकीपक्स भएका व्यक्तिसँग छालादेखि छालाको नजिकको सम्पर्क हुनु हो। सबै घाउहरू सुकेर नयाँ छाला नबनेसम्म एक मानिसबाट अर्कोमा संक्रमण हुने सम्भावना रहन्छ।
रासस/एएफपी
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । नेपाली सांगीतिक समूह कन्दराको ‘रिदम अफ चेन्ज’ उत्तर अमेरिका यात्राका…







