अन्तर विद्यालय क्रिकेट प्रतियोगितामा बाराही र नविन मावि विजयी


     एभरेस्ट आवाज    
     जेठ २२ गते २०७९ मा प्रकाशित




पोखरा । पोखरामा जारी ब्रेकिङ बाउण्ड्रिज एमसिसी अन्तर विद्यालय छात्र छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबारका खेलहरुमा छात्रतर्फ बाराही मावि र नविन मावि विजयी भएका छन् ।

पोखरा क्रिकेट एकेडमीको आयोजना तथा मेरोलिवोन क्रिकेट क्लव फाउण्डेशन युके र किडासा युकेको प्राविधिक सहयोगमा सञ्चालित प्रतियोगिताको पहिलो खेलमा बाराहीले विन्ध्यवासिनी माविलाई ३२ रनले पराजित गर्दा अर्को खेलमा नविनले श्रीकृष्ण माविलाई ३७ रनले पराजित गर्‍यो।

पोखराको अम्मरसिंह खेल मैदानमा जारी प्रतियोगिताको पहिलो खेलमा बाराही माविले प्रस्तुत गरेको ९१ रनको लक्ष्य पछ्याउने क्रममा विन्ध्यवासिनी मावि ५९ रनमा समेटियो । सो खेलमा ३ विकेट लिएका बाराहीका उत्सर्ग सर्मा म्यान अफ द म्याच भए ।

अर्को खेलमा नविन माविले दिएको ९३ रनको लक्ष्य पछ्याउने क्रममा श्री कृष्ण मावि ५६ रनमा सिमित बन्न पुग्यो । खेलमा १४ रन साथै ४ विकेट लिएका नविन माविका निर्मल जोशि म्यान अफ द म्याच भएका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।