जनताले अनुभूति गर्ने खालका काम गर्नुहोस : वरिष्ठ नेता पौडेल


     एभरेस्ट आवाज    
     जेठ २३ गते २०७९ मा प्रकाशित




नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहमा निर्वाचित जनताले अनुभूति गर्ने खालका काम गर्न जनप्रनिधिलाई आग्रह गरेका छन्।

‘जनप्रतिनिधिहरुले जनताले अनुभूति गर्ने खालका काम गर्न जरुरी हुन्छ,’ नेता पौडेलको भनाई थियो।

तनहुँको व्यास नगरपालिकाले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्राथमिकीकरण अभ्यास कार्यशालाको उद्घाटन गर्दै नेता पौडेलले विगतका भन्दा राम्रो कार्य गरेर जनताको मन जित्न आग्रह गरे।

‘जनताको माग र आवश्यकतालाई सर्वोपरी ठानी जनप्रतिनिधिहरुले अहोरात्र खटेर काम गर्नुपर्छ’ वरिष्ठ नेता पौडेलले भने।
जनताको इच्छाअनुसारको काम गर्न सके मात्रै जनप्रतिनिधिहरुको हाईहाई हुने उनको भनाई थियो।

‘जनप्रतिनिधिहरु शासक हैन, जनताका सेवक बन्नुपर्छ’ नेता पौडेलले उल्लेख गरे। पौडलेले जनताको आम्दानी वृद्धि हुने र रोजगारी सिर्जना हुने योजना बनाउन आग्रह समेत गरे।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।