गण्डकी प्रदेशको नीति तथा कार्यक्रम आज आउँदै


     एभरेस्ट आवाज    
     जेठ २४ गते २०७९ मा प्रकाशित




गण्डकी प्रदेश सरकारको आज (मंगलबार) नीति तथा कार्यक्रम आउँदैछ।

प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम मंगलबार प्रस्तुत गर्नेछ। दिउँसो पौनै तीन बजे बस्ने प्रदेशसभा बैठकमा सरकारको तर्फबाट प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।

कृषि, उत्पादन, रोजगारी र आत्मनिर्भरतालाई प्राथमिकतामा राखेर प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउने अनुमान गरिएको छ। निर्माणाधीन अवस्थाका विकासे योजना, प्रदेश गौरवका आयोजनालाई पनि प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम आउने जनाइएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।