मुस्ताङ जिससमा एमालेको प्यानल नै निर्विरोध निर्वाचित


     एभरेस्ट आवाज    
     जेठ २४ गते २०७९ मा प्रकाशित




जिल्ला समन्वय समिति मुस्ताङमा एमाले उम्मेदवार सर्वसम्मत निर्वाचित भएका छन्।

काँग्रेसले उम्मेदवारी नै नदिएपछि एमाले उम्मेदवार सर्वसम्मत निर्वाचित भएका हुन्। मुस्ताङको ५ पालिकामध्ये एमालेको ७ र काँग्रेसको ३ मत छ।

यसअघि नै एमालेले आफ्ना उम्मेदवार टुंगो लगाएको थियो। योसँगै मुस्ताङ जिससको प्रमुखमा पुनः महिला नै दोहोरिने पक्का छ। एमालेले प्रमुखमा वारागुङ मुक्तिक्षेत्र १ की वडा सदस्य माया गुरुङलाई उठाउने निर्णय गरेको छ। त्यस्तै, उपप्रमुखमा घरपझोङ ३ का आइतेलाल थकालीलाई चयन गरेको छ।

सदस्यहरुमा उमेश विक, शान्ताकुमारी विक र टसी ल्हामो सेन्चुरीलाई उम्मेद्वार उठाएको छ। अर्को सदस्य राप्रपालाई दिएको छ। राप्रपाबाट विमला परियार उम्मेदवार बनेकी छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।