कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै


     एभरेस्ट आवाज    
     जेठ २४ गते २०७९ मा प्रकाशित




कार्यव्यवस्था परामर्श समितिको बैठक आज (मंगलबार) बस्दैछ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक अघि बिहान साढे १० बजे परामर्श समितिको बैठक बोलाएका हुन्। त्यसपछि प्रतिनिधिसभा बैठक बस्ने जनाइएको छ।

आजको प्रतिनिधिसभा बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विनियोजन विधेयकका शीर्षकमाथि छलफल हुने जनाइएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।