गण्डकी प्रदेश सरकारले सुन्तला खेतीमा अनुदान दिने


     एभरेस्ट आवाज    
     जेठ २४ गते २०७९ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेश सरकारले सुन्तला जातको खेती गर्ने कृषकलाई अनुदान दिने भएको छ ।

प्रदेश सरकारको आगामी आर्थिक २०७९ ८० को नीति तथा कार्यक्रम प्रदेशसभा बैठकमा प्रस्तुत गर्दै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले यस्तो बताएका हुन् । गण्डकी प्रदेश सुन्तला जातको फलफुलको उच्च सम्भावना भएको प्रदेश रहेको भन्दै यस्लाई सुन्तलाकोे पकेट प्रदेशका रुपमा विकास गर्ने कार्यक्रम सरकारले ल्याएको उनले बताए । उनले भने ‘गण्डकी प्रदेश सुन्तला जातको फलफुलको पकेट क्षेत्र भएको हुँदा यसको व्यवसायिक खेती गर्ने किसानहरुलाई अनुदान दिने नीति लिइने छ ।’

सरकारले सुन्तला जातको फलफुलको उत्पादन वृद्धि गर्न नयाँ बगैचा स्थापना र पुराना बगैचाको सुढृडीकरण र विस्तारसंगै यसको बजारीकरणका लागि विशेष कार्यक्रम सञ्चालन समेत गर्ने भएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।