पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेश स्वास्थ्य नीति कार्यान्वयन गर्न जोड दिनेगरी नीति तथा कार्यक्रम ल्याएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज गण्डकी प्रदेश सभामा गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम–२०७९/८० प्रस्तुत गर्दै प्रदेश स्वास्थ्य नीति कार्यान्वयन गर्ने जनाएका हुन् । प्रदेशबासीको स्वास्थ्यमा सुधार ल्याउन ‘प्रदेश स्वास्थ्य नीति’कार्यान्वयन गरिने प्रदेश नीति तथा कार्यक्रममा उल्लेख छ ।
त्यस्तै, प्रदेशमा जनसंख्या व्यवस्थापन गर्न प्रदेश जनसंख्या नीति तर्जुमा गरी कार्यान्वयन गरिने जनाइएको छ ।
प्रदेशको नीति तथा कार्यान्वयनमा लिंग पहिचान गरी भ्रुण हत्याबिरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, बालबालिका तथा किशोर किशोरीको पोषण स्थितिमा सुधार गर्न बहुक्षेत्रीय पोषण कार्यक्रमलाई प्रदेशको कार्यक्रममा मूलप्रवाहिकरण गर्नुका साथै गर्भवती र सुत्केरी महिलाको पोषणलाई प्रवद्र्धन गर्न स्थानिय तहसँगको समन्वयमा विशेष प्याकेज व्यवस्था गर्ने उल्लेख छ ।
सरकारले ज्येष्ठ नागरकिलाई प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न ‘प्रदेश सरकारसँग बा–आमा कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । मानव सेवा आश्रम तथा वृद्धाश्रमहरुमा आश्रित दीर्घ रोग लागेका विरामीले सेवन गर्ने औषधी निःशुल्क उपलब्ध गराउने भएको छ ।
प्रदेश सरकारले ‘प्रदेश सरकारको प्रतिबद्धता, मर्यादित महिनावारी र स्वच्छता’ अन्तर्गत किशोरीहरुको स्वस्थताका लागि सबै सामुदायिक विद्यालयहरुमा निःशुल्क सेनिटरी प्याड र बिसर्जनको व्यवस्था गर्ने भएको छ । साथै महिनावारी विभेद अन्त्य गर्न सबै सरोकारवालाको सहकार्यमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने गण्डकी प्रदेशको नीति तथा कार्यक्रममा उल्लेख छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । नेपाली सांगीतिक समूह कन्दराको ‘रिदम अफ चेन्ज’ उत्तर अमेरिका यात्राका…







