गण्डकीका सबै गर्भवतीहरुलाई निःशुल्क अल्ट्रासाउण्डको व्यवस्था गरिने


     एभरेस्ट आवाज    
     जेठ २४ गते २०७९ मा प्रकाशित




फाइल तस्विर

पोखरा । सरकारले गर्भवती महिलाहरुका लागि निःशुल्क अल्ट्रासाउण्ड सेवा प्रदान गर्ने भएको छ । गण्डकी प्रदेश सरकारले प्रदेशका सबै जिल्ला अस्पतालहरुमा गर्भवती महिलाहरुका लागि निःशुल्क अल्ट्रासाउण्ड सेवा प्रदान गर्ने व्यवस्था मिलाउने जनाएको हो । प्रदेशको नीति तथा कार्यक्रममै यो कार्यक्रम समावेश गरिएको छ ।

प्रदेश सरकारले आज प्रस्तुत गरेको नीति तथा कार्यक्रममा जनसंख्या र आवश्यक्ताका आधारमा प्रदेशभित्रका स्थानिय तहमा बर्थिङ सेन्टरको बिस्तार तथा सुदृढिकरणसमेत गरिने जनाइएको छ । त्यस्तै, प्रसुती सेवालाई प्रभावकारी बनाउन नवलपुरको कावासोती र गोरखाको च्याङ्लीमा प्रसुती अस्पताल स्थापना गर्ने कार्य अगाडि बढाईने नीति तथा कार्यक्रममा उल्लेख छ ।
यसैगरी, स्थानिय तहमा ग्रामिण अल्ट्रासाउण्ड (यूएसजी) कार्यक्रमसमेत बिस्तार गरिने जनाइएको छ ।

सरकारले धौलागिरी अस्पताल बागलुङमा सिटी स्क्यान सेवा प्रारम्भ गर्ने जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।