फाइल तस्विर
पोखरा । पोखराको संक्रामक तथा सरुवा रोग अस्पताललाई सेन्टर अफ एक्सिलेन्सका रुपमा विकास गरिने भएको छ । गण्डकी प्रदेश सरकारले पोखराको सिसुवास्थित संक्रामक तथा सरुवा रोग अस्पताललाई सबै प्रकारका सरुवा रोगको उपचार गर्ने सेन्टर अफ एक्सिलेन्सका रुपमा विकास गर्ने जनाएको हो ।
गण्डकी प्रदेश सरकारका तर्फबाट प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भनिएको छ,‘नेपाल सरकारसँगको सहकार्यमा संक्रामक तथा सरुवा रोग अस्पताललाई सबै प्रकारका सरुवा रोगको उपचार गर्ने सेन्टर अफ एक्सिलेन्सका रुपमा विकास गर्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ ।’
त्यस्तै, सरकारले स्वास्थ्य क्षेत्र सुदृढिकरण कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ । प्रदेशमा रहेका ५० शैया सम्मका सबै अस्पतालमा आख उपचार सेवा र ज्येष्ठ नागरिक उपचार वार्ड सञ्चालन गर्दै लैजाने जनाएको छ ।
यसैगरी, आयुर्वेद, प्राकृतिक तथा अन्य वैकल्पिक चिकित्सा सेवालाई समयसापेक्ष र प्रभावकारी बनाई क्रमशः जिल्लास्थित आयुर्वेद संस्थाहरुलाई अन्तरङ्ग सेवासहित स्तरोन्नती गर्दै लगिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
सरकारले गण्डकी प्रदेशका सबै अस्पतालबाट रगत तथा रक्तजन्य पदार्थ निःशुल्क उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिएको छ । साथै प्रदेश मातहतका सबै अस्पतालहरुमा क्रमशः व्लड बैंक स्थापना गर्दै लगिनेपनि जनाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । नेपाली सांगीतिक समूह कन्दराको ‘रिदम अफ चेन्ज’ उत्तर अमेरिका यात्राका…







