पोखरा । पोखरामा बुधबार तीन वटा संस्थाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि. , आई.सी. एफ.सी फाइनान्स र लायन्स क्ल्व अफ पोखरा डेस्टिनेसनले संयुक्तरुपमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३५ यूनिट रगत संकलन भएको छ ।
‘रक्तदान जीवनदान, जीवन महादान’ भन्ने नाराका साथ आयोजिक कार्यक्रममा ३५ जनाले रक्तदान गरेका हुन् ।
पोखरा–११ का वडाध्यक्ष प्रेम प्रसाद कर्मचार्यले ६४ औं पटक रक्तदान गरिसकेका कृष्ण प्रसाद तिवारीलाई व्लड व्याग हस्तान्तण गर्दै कार्यक्रमको उद्घाटन गरे ।
मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि.का अध्यक्ष रमेशकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा आयोजक आई.सी. एफ.सी फाइनान्स लि.का शाखा प्रमुख अनुप केसी लगायतले रक्तदानको महत्वका बारेमा बोलेको मेडिप्लस हस्पिटलका व्यवस्थापक गौतम पौडेलले जानकारी दिए ।

कार्यक्रम क्षेत्रिय रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा भएको हो
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । नेपाली सांगीतिक समूह कन्दराको ‘रिदम अफ चेन्ज’ उत्तर अमेरिका यात्राका…







