दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले यहाँ कोरोना भाइरसका सङ्क्रमितहरुको संख्या पछिल्ला केही दिनयता घटेको बताएका छन् । दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घण्टामा १२ हजार १६१ जनामा यो सङ्क्रमण देखिएको छ ।
यसअघि अघिल्लो दिन यहाँ १३ हजार ९०० भन्दा केही बढी देखिएका सङ्क्रमितहरु सोमबार गएको २४ घन्टायता घटेका हुन् ।तर यहाँ अघिल्लो हप्तामा भने ९ हजारको हाराहारीमा सङ्क्रमित रहेकामा यो हप्ता केही बढेको देखिएको हो ।
यहाँ बुधबारसम्ममा १ करोड ८२ लाख जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको समाचारमा जनाइएको थियो ।पहिले यहाँ दिनमै ४ लाख जतिमा संक्रमण हुने गरेकामा पछिल्ला केही हप्तामा संक्रमण दरमा कमी आएको पाइएको हो ।
यहाँका अधिकारीहरुका अनुसार यहाँ कोरोना भाइरसका कारण हुने मृत्यु दर भने नगण्य मात्र रहेको छ र निकै थोरै मानिस मात्र अस्पतालमा रहेका छन् ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । नेपाली सांगीतिक समूह कन्दराको ‘रिदम अफ चेन्ज’ उत्तर अमेरिका यात्राका…







