गर्भावस्था र सुत्केरीपश्चात दिइने सेवा प्रभावकारी बनाइँदै


     एभरेस्ट आवाज    
     जेठ २७ गते २०७९ मा प्रकाशित





कैलालीको टीकापुर नगरपालिकाले गर्भावस्था र सुत्केरीपश्चात दिइने सेवालाई प्रभावकारी बनाउन विभिन्न स्वास्थ्य कार्यक्रम सुरुआत गरेको छ । नगरपालिकाले अनिवार्य गर्भजाँच र सुत्केरीपश्चातको स्वास्थ्य परीक्षणलाई थप प्रभावकारी बनाउन घरभेट कार्यक्रम, गर्भवतीको गर्भको विवरण मात्र नभई पारिवारिक, आर्थिक र सामाजिक विवरणसमेत लिने गरी स्वास्थ्यकर्मीलाई तालिम दिएको छ ।

नगरपालिकाले सरकारले लिएको दिगो विकास लक्ष्य प्राप्तिलाई सफल पार्नुका साथै मातृशिशु मृत्युदर शून्यमा झार्न यी सेवा प्रभावकारी बनाउन स्वास्थ्यकर्मीलाई थप जिम्मेवारी र सचेत गराएको छ । गर्भजाँच तथा सुत्केरीपछिको जाँचलाई प्रभावकारी बनाउन स्वास्थ्य संस्थाले काम गर्न थालेका छन् ।

स्वास्थ्य संस्थाको तथ्याङ्क हेर्दा गर्भजाँचमा धेरै गर्भवती आउने तर सुत्केरीपछिको परीक्षणमा निकै कम आउँछन् । स्वास्थ्यकर्मीले गर्भवतीको अवस्थाबारे मात्र जानकारी नलिई अब उनीहरूको पारिवारिक, आर्थिक र सामाजिक अवस्थाबारे जानकार हुनुपर्ने स्टाफ नर्स पूजा तिखातरी बताउनुहुन्छ ।

धनसिंहपुर स्वास्थ्यचौकीमा कार्यरत अनमी पुनम साउद अहिले आमा सुरक्षाका लागि नयाँ गाइडलाइन आएकाले अब सेवा दिँदा थप प्रभावकारी बनाउनुपर्ने बताउछन् ।झङ्ुगा सहरी स्वास्थ्य केन्द्रका सिनियर अहेव महेशकुमार श्रीवास्तव सेवाग्राहीको अधिकारबारे स्वास्थ्यकर्मीलाई जानकारी भएकाले अब सेवा लिन आउनेको अधिकार र सहज सूचना बढाउने बताउछन् ।

टीकापुर नगरपालिकाका सिनियर अनमी हेवा ज्ञवाली गर्भावस्था, सुत्केरीपछि पाउने सेवा ग्रामीण बस्तीसम्म पु¥याउनका लागि नगरपालिकाले पहिलो चरणमा सबै स्वास्थ्यकर्मीलाई तालिम दिएको बताए।कैलालीको टीकापुरका हरेक वडामा स्वास्थ्य संस्था स्थापना भइसकेका छन् । सबै स्वास्थ्य संस्थामा गर्भजाँच सेवा दिने गरिएको छ भने सुत्केरी सेवा भने तीन स्थान टीकापुर अस्पताल, धनसिंहपुर र नारायणपुर स्वास्थ्य चौकीबाट दिइन्छ ।

टीकापुरमा बर्सेनि करिब दुई हजारले सुत्केरी सेवा लिन्छन् । गत वर्ष एक हजार ९६० जनाले सुत्केरी सेवा लिएका जनस्वास्थ्य प्रवद्र्धन उपशाखा संयोजक बलबहादुर रावलले जानकारी दिए ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।