पोखरा महानगरको ३ दिने ढल तथा नाला सफाइ अभियान


     एभरेस्ट आवाज    
     जेठ २७ गते २०७९ मा प्रकाशित




पोखरा । पोखरामा शुक्रबारबाट ढल र नाला सफाइ अभियान सुरु भएको भएको छ । महानगरका मेयर आचार्यको सक्रियतामा सडक विभाग र पोखरा महानगरपालिकाले संयुक्त रूपमा ढल सफा गर्ने अभियान सुरु गरिएको हो ।

३ दिनसम्म चल्ने यो अभियानमा साथ दिन संघ, संस्था र नगरवासीलाई मेयर आचार्यले आह्वान गरेका छन् । पोलिथिनजन्य पदार्थबाट भएको फोहोरका कारणले अत्यधिक वर्षाका बेला ढल बन्द हुनुका साथै बाटोमा पानी बग्दा दुर्घटनासमेत हुने गरेको छ । अभियान शुक्रबार बिहान ७ बजे पोखराको पृथ्वीचोक स्थित ट्राफिक प्रहरी कार्यालयबाट सुरु गरिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।