पोखरा । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघले पोखरा महानगरपालिका वडा नं. १७ सितापाईला स्थित पोखरा बृद्धाश्रमका जेष्ठ नागरिकको शुक्रबार स्वास्थ्य परीक्षण तथा खाद्यान्न बितरण गरेको छ ।
एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको १७ औं स्थापना दिवशको अवसर पारेर गण्डकी प्रदेश र कास्की जिल्ला कमिटीको आयोजनामा आश्रममा रहेका ४८ जना जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरी औषधी बितरण गरेको महासंघका केन्द्रिय सदस्य एवं गण्डकी प्रदेशका सहइञ्चार्ज बालकृष्ण लामिछानेले जानकारी दिए ।
जेष्ठ नागरिकको उच्च रक्तचाप, मधुमेह लगायतको परिक्षण गरी औषधी बितरण गरिएको लामिछानेले बताए ।
यसैगरी आश्रममा रहेका जेष्ठ नागरिकलाई खाद्यान्न र तरकारी समेत बितरण गरिएको थियो ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ कास्की जिल्ला अध्यक्ष चिरञ्जीवी तिमिल्सेनाको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सचिव लक्ष्मण बसौला, केन्द्रिय सदस्य एवं गण्डकी प्रदेश सह–इन्चार्जद्वय बालकृष्ण लामिछाने र हरिलाल आचार्य, केन्द्रिय सदस्य रेखा थपलिया, प्रदेश उपाध्यक्ष विनिता दाहाल लगायतले कार्यक्रममा विभिन्न परिस्थितिका कारण आश्रममा पुगेका जेष्ठ नागरिकको संरक्षणमा राज्यले विशेष भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिएका थिए ।
उनिहरुले जेष्ठनागरिक ज्ञान र संस्कृतिको खानी भएका कारण उनीहरुका अनुभवलाई पुस्तान्तरण गरिनु पर्नेमा जोड दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







