आइसीसी विश्वकप लिग–२ क्रिकेटमा नेपाल र अमेरिकाले बराबरी खेलेका छन्।
केहीबेर अघि सकिएको खेलमा नेपाल र अमेरिकाले बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा २ सय ७५ रनको लक्ष्य अमेरिकाले ५ विकेट गुमाएर २ सय ७४ रननै बनायो।
अमेरिकाका लागि स्टेभन टेलरले सर्वाधिक ११४ रन बनाए। त्यस्तै मोनाक पटेलले ८५ रनको पाली खेले। यस्तै, यरोन जोन्सले २६ रन बनाए।
नेपालका मोहम्मद अदिल आलमले ३ तथा सन्दीप लामिछाने र सोमपाल कामीले १/१ विकेट लिए।
ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए। पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २७४ रन बनाएको थियो।
नेपालका लागि आसिफ शेख, देव खनाल र रोहितकुमार पौडेलले अर्धसतकको पाली खेले। रोहितले सबैभन्दा धेरै ६२ रनको योगदान दिए। आसिफले ६१ रन बनाए भने देवले ५४ रन बनाए। डेब्यू गरेका आदिल अन्सारीले ३६ रन बनाए।
कुशल भुर्तेलले १९ रन बनाए। कप्तान सन्दीप लामिछानेले १० रन बनाए। आरिफ शेख ८ रनमा आउट भए। दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र सुशन भारीले १/१ रन बनाउँदा करण केसी शून्यमा पेवेलियन फर्किए।
अमेरिकाका रुस्टी थेरोनले ४ विकेट लिए। अली खान र सौरभ नेत्रभालकरले समान २ विकेट लिए। नेपालले आजको खेलमा बराबरी गरेसँगै एक अंक प्राप्त गरेको छ। यो अंकसँगै नेपालको १४ खेलबाट १३ अंक भएको छ। नेपाल पहिले खेलमा ओमानसँग १३ रनले पराजित बनेको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







