नेपाली क्रिकेट टिम क्यानाडासँग टी–२० र वान डे सिरिज खेल्दै


     एभरेस्ट आवाज    
     जेठ २९ गते २०७९ मा प्रकाशित




नेपाली राष्ट्रिय क्रिकेट टिमले क्यानाडाको भ्रमण गर्ने भएको छ।

आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक वान डे सिरिजका लागि स्कटल्यान्ड जानुअघि नेपाली टिमले क्यानाडाको भ्रमण गर्ने नेपाल क्रिकेट संघ (क्यान) स्रोतले जनाएको छ।

क्यानाडा भ्रमणका क्रममा नेपालले क्यानाडासँग ३ खेलको टी–२० तथा समान ३ खेलको वान डे सिरिज खेल्नेछ।

यसअघि, लिग–२ अन्तर्गतको अमेरिकामा जारी त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नै क्यानाडा जाने योजना बनाएको थियो तर अमेरिकाको भिसा प्रकृयामै लामो समय लागेको थियो जसका कारण नेपालको क्यानाडा भ्रमण सफल हुन सकेन्।

तर, स्कटल्यान्ड भ्रमण अघि नेपाली टिम जुन २४ वा २५ तारिखमा क्यानाडाको भ्रमण गर्ने भएको छ। उक्त भ्रमण स्कटल्यान्डमा हुने सिरिजको तयारीको रुपमा रहनेछ।

स्कटल्यान्डमा हुने त्रिकोणात्मक सिरिज घरेलु टोली स्कटल्यान्ड, नेपाल र नामिवियाबीच हुनेछ। उक्त सिरिज जुलाई १० बाट सुरु हुँदैछ। नेपालले आफ्नो पहिलो खेल जुलाई ११ मा नामिवियाविरुद्ध खेल्नेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।