२१ दिने साइकलिङ च्यालेन्जको उपाधि सुनिलले जिते


     एभरेस्ट आवाज    
     जेठ २९ गते २०७९ मा प्रकाशित




सुनिल सुवालले २१ दिने साइकलिङ च्यालेन्जको उपाधि जितेका छन्।

च्यालेन्जमा कुल ६ हजार ९ सय अंकसहित प्रथम स्थान हासिल गरेर उनले प्याङ्क कस्टम माउन्टेन बाइक पुरस्कार हात पारेका छन्।

दोस्रो स्थानमा सुधीर पराजुलीले इन्डकसन हिटर पुरस्कार हासिल गरेका छन्। तेस्रो विकास तमाखु र चौथो स्थान निशान त्वायनाले ताम्राकार कर्पोरट ग्रुपको तर्फबाट वाटर बोटल प्राप्त गरेका छन्।

च्यालेन्जमा मोस्ट कन्सिस्टेन्त राइडरको उपाधि निर्जला कोजु, कमिनिका न्याइच्याई र निर्मला कुटुवले जितेका छन्। उनीहरुले जुजु बाइक्सको तर्फबाट विषेश उपहार प्राप्त गरेका छन्।

साइकलप्रति अभिरूचि बढाउन साइकल कनेक्ट भक्तपुरले च्यालेन्जको आयोजना गरेको थियो।

१६ जना सहभागी रहेको उक्त च्यालेन्जमा हरेक दिन कम्तीमा २ किमी साइकल चलाउनुपर्ने र साथसाथै अन्य विभिन्न कार्य गर्नुपर्ने थियो। जसअनुरूप सहभागीले अंक प्राप्त गर्ने रोचक प्रतिस्पर्धा थियो।

प्याङ्क बाइक, ताम्राकार कर्पोरेट ग्रुप, जुजु बाइक्स तथा नेपाल इको प्यानेलको सहयोगमा आयोजना गरिएको उक्त च्यालेन्जमा १६ जनामध्ये १४ जनाले च्यालेन्ज सफलतापूर्वक पूरा गरेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।