गोरखाको भीमसेन थापा गाउँपालिका–५, बगुवामा झण्डै रु एक करोड ६० लाखको लागतमा निर्माण भइरहेको खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ । बगुवाको लामाचौर अमरबस्ती, रिट्टेपानी, भोटेनीलगायत क्षेत्रका बासिन्दालाई स्वच्छ खानेपानीको पुहँच पु¥याउन उक्त आयोजना निर्माण भइरहेको पूर्व वडाध्यक्ष प्रेमचन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
विसं २०७४ देखि क्रमागत योजनाअन्तर्गत निर्माण भइरहेको उक्त आयोजनाबाट डवल लिफ्टििङ गरेर बगुवाको गैराबस्तीमा ७५ घरमिटरको ट्याङ्की निर्माण गरी खानेपानी वितरण गर्न लागिएको उनले बताए ।विद्युत्को अभावमा पानी तान्न समस्या नहोस् भनेर आयोजनमा सोलार र बिजुली दुवै माध्यमबाट पानी तान्न सक्ने गरी व्यवस्था मिलाइएको अध्यक्ष श्रेष्ठले बताए ।
आयोजना निर्माणका लागि कूल बजेटको २० प्रतिशत उपभोक्ताको जनश्रमदान रहने उनले जानकारी दिए । उक्त आयोजनाबाट झण्डै ६०० घरपरिवार लाभान्वित हुनेछन् । अहिले त्यस क्षेत्रका बासिन्दाले माछापोखरी धारा, सरस्वती देवीस्थानका धारा तथा चिहान कुवाँबाट पानी बोकेर ल्याएर पिउने गरेको वडाध्यक्ष होमबहादुर बरामुले उल्लेख गरे । स्वच्छ पिउने पानीको अभाव झेलिरहेका बगुवावासीले उक्त आयोजना निर्माण भएपछि खानेपानीको अभाव झेल्नु नपर्ने अपेक्षा गरेका छन् ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







